पोखरा महानगरपालिकाले छापामार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटायो : राप्रपा प्रवक्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पोखरा महानगरपालिकाले मध्यरातमा छापमार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटाएको आरोप लगाएका छन् । प्रवक्ता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाले शालिक हटाएको आरोप लगाउँदै सो कार्य दुःखद, निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् ।
उनले भनेका छन् : ‘पोखराको पृथ्वी चोकमा बुधबार केही उच्छृङ्खल समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवा लगायतले पुनःस्थापना गरेको र शुक्रबार मध्यरातमा पोखरा महानगरले छापामार शैलीमा फेरि हटाएको खबर दुःखद, निन्दनीय र आपत्तिजनक छ।’
श्रेष्ठले पृथ्वीनारायण शाह राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता भएको जिकिर गर्दै उनको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको समेत अपमान भएको बताएका छन् ।
‘पृथ्वीनारायण शाह त राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता हुन्, नेपाली हुँ भनेर गर्व गर्नेले इतिहासको अपमान सहन हुँदैन । पोखरामा उहाँको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको अपमान हो । आफ्नो गौरवशाली इतिहासमाथिको अपमानमा मौनता साँधेर नबसौं, उठौं, जागौं’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।
पृथ्वीनारायण शाहको शालिकमाथिको निरन्तरको वक्रदृष्टि कुनै एउटा पार्टीको विषय मात्रै नभएको बताउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रनिर्माताको यथोचित सम्मान हरेक राजनीतिक दल र देशभक्त नागरिकको साझा विषय हुनपर्नेमा जोड दिएका छन् ।
पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक बुधबार एक समूहले सडकमा फालेको थियो । सडकमा फालिएको शाहको प्रतिमा बिहीबार राप्रपाका कार्यकर्ताले पुनःस्थापना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण