बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

बैठकमा कड्किए प्रचण्ड, सुन तस्करीमा संलग्न भए जेल जान तयार रहन चेतावनी

आइतबार, २८ साउन २०८०, २२ : ०९
आइतबार, २८ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको सम्झौता नहुने प्रस्ट पार्दै तथ्य र प्रमाणले भेटेसम्म कसैलाई पनि नछाडिने प्रतिबद्धता जनाएका छन् ।

पार्टी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुनकाण्डमा संलग्न जोसुकै भए पनि नछाडिने प्रस्ट पारे । उनले आफ्नै पार्टीका नेताहरुको नामसमेत यो प्रकरणमा जोडिएकोतर्फ संकेत गर्दै कसुर गरेकै हो भने जेल जानका लागि तयार भएर बस्न चेतावनीसमेत दिए ।

उनले भने, ‘विपक्षीलाई जेल हाल्ने, आफ्नालाई बचाउने भन्ने होइन ।’ सुन तस्करी प्रकरणले पार्टीको तीन महिने अभियान नै प्रभावित हुने खतरा बढेको भन्दै उनले विपक्षीहरुले यसलाई मुद्दा बनाइरहेको पनि प्रस्ट पारे ।

‘यसले अभियान बढाउन समस्या देखियो । प्रहरीले अनुसन्धान गर्दैछ, कोही संलग्न हुनुहुन्छ भने जेल जान तयार हुनुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

सो अवसरमा पार्टीका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोन कलको आधारमा कारबाही गर्न नमिल्ने प्रस्ट पार्दै थप प्रमाण नभेटिएको जनाए । उनले मिडियाले लेखेको भरमा पक्राउ गर्न नमिल्ने पनि प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप