अवरुद्ध बेँसीसहर– चामे सडक खुल्यो

लमजुङ । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
केहीदिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायतका स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो । खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन । तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
उनले पहिरोको जोखिम भने अझै रहेको बताए । यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन् । लमजुङ र मनाङ जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा