सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
दमस्कस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । मंगलबार उनले सिरियाको नयाँ सरकारसँगको सम्बन्ध सामान्य बनाउने र देशलाई शान्ति स्थापना गर्ने मौका दिन उसमाथि लगाइएको प्रतिबन्धहरू हटाउने बताएका हुन् ।
ट्रम्पले बुधबार सिरियाली राष्ट्रपति अहमद अल–शारालाई भेट्ने कार्यक्रम रहेको ह्वाइट हाउसले भनेको थियो । गत वर्ष शारा नेतृत्वको हयात तहरीर अल–शाम (एचटीएस)समेतको विद्रोही समूह मिलेर बसर अल असदको अढाई दशक लामो शासन अन्त्य गरेका थिए ।
मेलमिलापको प्रयास साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आग्रहमा गरिएको ट्रम्पले भनेका छन् । सिरियाको नयाँ सरकारको सफलताको आशा व्यक्त गर्दै उनले शुभकामना समेत दिएका थिए ।
पछिल्लो घटनाक्रम शाराको लागि ठुलो प्रोत्साहन हो । सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमा भएको आक्रमणपछि भएको विद्रोहमा उनको भूमिकाको लागि उनलाई जेल सजाय सुनाइएको थियो ।
शारालाई जनवरी २०२५ मा सिरियाको राष्ट्रपति नियुक्त गरिएको थियो । एचटीएसको नेतृत्वका विद्रोहीहरूले दमास्कस कब्जा गरेर असद परिवारको ५४ वर्षदेखिको शासन समाप्त गरेका थिए । अमेरिकाले गत वर्ष डिसेम्बरदेखि शारासँग नयाँ सम्बन्ध गाँस्नेबारे विचार गरिरहेको छ ।
खाडी देशका नेताहरूले पनि सिरियाको नयाँ सरकारलाई समर्थन गरिरहेका छन् । ट्रम्पले पनि त्यसै गरून् भन्ने उनीहरू चाहन्छन् । तिनीहरू सिरियालाई इरानविरुद्ध बलियो खम्बाको रूपमा स्थापित गर्न चाहन्छन् । इरानले दशक लामो गृहयुद्धमा सिरियाको असद सरकारलाई समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण