शान्ति श्री र खेम सेन्चुरीबिच एक वर्षपछि सहकार्य
काठमाडौं । लोकसंगीतका चर्चित हस्तीहरु खेम सेन्चुरी र शान्ति श्री परियारबिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो । बहुचर्चित गीत ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स..' पछि उनीहरूको विवाद देख्दा लाग्थ्यो अब यी दुबैलाई एकसाथ देख्न पाइन्न ।
तर, अहिले भने शान्ति श्री र खेमले एकसाथ काम गरेका छन् गीत ‘परदेशी हुनै मन छैन’मा । करिब एक वर्षपछि उनीहरूले एउटै गीतमा सहकार्य गरेका हुन् । यो गीतले यी दुईबिचको सम्बन्ध सहकार्यतर्फ मोडिएको देखिन्छ ।
प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको शब्द रहेको यो गीतमा शान्ति श्री र खेमले स्वर दिएका हुन् । गीतको भिडियोमा पनि यी दुईको उपस्थिति छ, जहाँ उनीहरू एकसाथ देखिन्छन् ।
‘विदेश जाने रेल’, ‘पर्ख पर्ख मायालु’ जस्ता दर्जनौँ सुपरहिट गीतपछि यी दुईबिच फाटो आएको थियो । बिगत एक बर्षयता उनीहरूले छुट्टाछुट्टै काम गर्दै आएका थिए । एक–अर्कोलाई विभिन्न आरोप समेत लगाए । ‘परदेशी हुनै मन छैन’ गीतले भने उनीहरूलाई फेरि एकसाथ उभ्याएको छ ।
गीत परदेशी जीवनको पीडा, अपूरो प्रेम र समर्पणको भावनाले भरिएको छ । ऋषि खड्काको संगीत र विनोद बाजुरेलीको एरेन्ज रहेको गीतको भिडियोमा ललना चिमरिया, दोना थापा मगर र बालकलाकार अक्षय हिमालीको समेत अभिनय छ । बुद्ध थापाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।
गीतकार बुढाथोकी प्रहरी निरीक्षक हुन् । उनी हाल दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण