निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन, ६ सदस्यीय कार्यदल गठन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्माण व्यवसायी महासंघले उठाएका मागका बारेमा छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरेका हुन् ।
छलफलमा सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।
यस्तै उनले निर्माण व्यवसायीहरूले उठाएका सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन लगायतका अन्य मागहरूको सम्बोधन गर्न पनि निर्देशन दिएका छन् ।
छलफलमा विषयगत मन्त्रालयका मन्त्री र सचिवको सहभागिता रहेको थियो ।
यस्तै निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
सो कार्यदलले सरोकारवालाहरूसँग छलफल, परामर्श र समन्वय गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण