नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने
मङ्गलबार, ३० साउन २०८०, १६ : ३१

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै परिषद्ले भदौ १५ देखि २० गतेसम्म नाम दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
‘स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रमा परीक्षामा २०८० साल भाद्र महिनाको १५ देखि २० गतेसम्म सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सूचनामा भनिएको छ ।
परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्रबारे www.nhpc.gov.np मा सूचना प्रकाशन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
-
लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जना यात्रुको जलेर मृत्यु