संकटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएँः सांसद शर्मा
मोरङ। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन् । नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ओलीलाई भेट्न उनको निवास बालकोट जानुको कारण कार्यकर्तासमक्ष खुलाएका हुन् ।
सुन तस्करी गरेर राज्यलाई करोडौं, अरबौं राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्त्रपूर्वक हिरासतमा पुर्याइएको उनले बताए । आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको भन्दै उनले दुःख व्यक्त गरे । तर, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्राउको विरोधमा बोलेर आफूलाई सङ्कटका बेला साथ दिएकाले ओलीलाई भेट्न गएको उनले सुनाए । ‘अनुमान लगाउँनुस्, तपाईँलाई तपाइकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुवाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ ?,’ प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’
आफूलाई गिरफ्तार गराउँन कांग्रेस भित्रकै कतिपय जिम्मेवार व्यक्ति लागिपरेको उनले आशंका व्यक्त गरे । बालकृष्ण खाणलाई पक्राउ गराउँने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गराएको उनले सुनाए । कतिपय व्यक्ति विरुद्धमा लागेपनि पक्राउ पर्दा आफूलाई धेरैले साथ दिएको भन्दै उनले सङ्कटमा साथ दिने सबैलाई धन्यवाद दिए । गलत काम भइरहदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले गलत कामको सँधै विरोध गरेर जनताको पक्षमा बोलिरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण