नवलपरासीमा हुलाकी सडक अलपत्र हुँदा स्थानीयलाई सास्ती
बुटवल। पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको काम समय सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। जिल्लाको नारायण चोकदेखि त्रिवेणी जोड्ने सडक विस्तारको काम ठेकेदारले समयमा नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो ।
२०७६ सालमा झन्डै ५८ करोड ठेक्का सम्झौता भएको नारायण चोक देखि त्रिवेणी जोड्ने १६ किलोमिटर सडक थपिएको म्याद अनुसार गत मङ्सिर सम्म काम सक्नुपर्नेमा निर्माण कम्पनी बज्र गुरु महालक्ष्मी जेभिले हाल सम्म सम्पन्न गरेको छैन। म्याद थप गरेर समेत काम हुन नसकेको हो ।
अहिले वर्षातको समयमा उक्त बाटोको यात्रा निकै कष्टप्रद र जोखिमपूर्ण बनेको छ। बाटो जताततै खाडल बनेको छ । स्थानीय प्रशन्न अधिकारीले निर्माणको जिम्मा पाएको कम्पनीले काम नगर्दा बुद्ध बस्तीदेखि गोपिगन्ज हुँदै बेलाटारीसम्मको सडक खाल्डाखुल्डीले थप अस्तव्यस्त बनेको बताए ।
सवारी साधन र पैदलयात्रीको अत्यधिक चाप रहने यहाँको दक्षिणी क्षेत्र प्रतापपुर–२ मा रहेको गोपिगन्ज बजारको मुख्य सडक खाडल, पानी र हिलोले हिँडिसक्नु छैन ।
सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला ठेकेदार कम्पनीको प्रभावमा परि मौन बसेको स्थानीयको आरोप छ । यता हुलाकी सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले भने स्टक्चर सहित ८० प्रतिशत काम सकिएको दाबी गरे ।
उनले अझै १३ वटा स्ल्याब सहितका पुल कल्भर्ट बनाउन बाकी रहेको बताए । वर्षातका कारण हाललाई काम रोकिएपछि खाल्डाखुल्डीले थप समस्या उत्पन्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण