शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाका राष्ट्रपतिको आदेश

बिहीबार, ३२ साउन २०८०, ११ : ३८
बिहीबार, ३२ साउन २०८०

सिरिया ।  सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् । 

मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवा निवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो ।

अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजेलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशतले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरू काममा नगएपछि सडकमा यात्रुहरू अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप