सरकारले समिति सभापति चयन गर्न चाहेनः अमरेशकुमार सिंह
काठमाडौँ । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।
बिहीवार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए ।
उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए ।
अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए । उनले काँग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको दाबी गरे ।
सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण