कोशी नाम सच्याएर बहुपहिचानसहितको नाम राख्न माओवादीको माग
विराटनगर । नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको छ । साउन ३१ गते विराटनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचना सहित १ नं।. प्रदेशको नाम वहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताए ।
उनले पार्टी संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका ११५७ वटै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन गरिएको बताए ।
माओवादीले प्रदेशकम विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुनस्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ ।
माओवादीले सुनसरीको धरान, इटहरी र झापाको दमक, बिर्तामोड नगरपालिका लगायत विभिन्न सहरहरूमा फैलिरहेको डेंगी रोगको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि माग गरेको छ । यस्तै पशु चौपायमा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिको दिन पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण