बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

शुक्रबार, ०१ भदौ २०८०, ११ : १४
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । 

सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेयता संसद् बैठक अवरोध गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप