मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ब्रिटनी स्पियर्सका श्रीमान् स्याम असगरीले गरे विवाह टुटेको घोषणा

शुक्रबार, ०१ भदौ २०८०, १० : ४९
शुक्रबार, ०१ भदौ २०८०

अमेरिकी पप स्टार ब्रिटनी स्पियर्सका श्रीमान् स्याम असगरीले आफ्नो विवाह टुटिसकेको घोषणा गरेका छन् । इरानी मूलका स्याम असगरी र ब्रिटनी स्पियर्सको विवाह १४ महिना अघि भएको थियो । 

बुधवार दायर गरिएको सम्बन्धविच्छेदको निवेदनका अनुसार २९ वर्षका असगरी र ४१ वर्षकी ब्रिटनी स्पियर्सबीच ‘गहिरो मतभेद’ लाई सम्बन्धविच्छेदको कारण देखाइएको छ । 

सेप्टेम्बर सन् २०२१ मा यो जोडीले इन्गेजमेन्ट गरेका थिए र जून २०२२ मा यी दुईले विवाह गरेका थिए ।यसै वर्ष अमेरिकी टेबलोयडमा उनीहरूको विवाहमा खटपटको खबर सार्वजनिक भएको थियो । 

ब्रिटनी स्पियर्स १६ वर्षको उमेरमा नै ग्लोबल सुपरस्टार बनेकी थिइन् । जब उनको गीत – बेबी हिट मि वन मोर टाइमले विश्वभरी जादु चलाएको थियो ।

त्यसपछि उनले एक पटक अर्को हिट गीत टक्सिक, वुमनाइजर र उप्स... डिड इट अगेन, दिइन् ।

इन्स्टाग्राममा एउटा पोस्टमा असगरीले लेखे, ‘६ वर्षको प्रेम र एक–अर्काप्रति प्रतिबद्धतापछि मैले मेरी श्रीमतीसँगको आफ्नो यात्रा समाप्त गर्ने निर्णय गरेँ ।’

‘हामी एक–अर्काप्रति आफ्नो प्रेम र सम्मान यथावत् राख्नेछौँ र सधैँ राम्रो साथी हुन पाउँ भनी कामना गर्छु ।’

‘गोपनीयता कायम राखिदिनुस् भन्नु हास्यास्पद लाग्छ तर म मिडियासहित सबैसँग सहानुभूति राखिदिन आग्रह गर्छु ।’

britney spearsब्रिटनीको बयानका प्रतीक्षा

स्पियर्सका प्रतिनिधिले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ब्रिटनीले यसबारे स्पष्ट रूपमा त केही पनि भनेकी छैनन् तर बुधवार राती उनले एउटा अचम्मको पोस्ट सेयर गर्दै लेखिन्, ‘मैले हतारमा निर्णय लिएकी थिएँ ।’

लस एन्जिलिस काउन्टी सुपिरियर कोर्टमा असगरीले सम्बन्धविच्छेदको याचिका दायर गरेका छन् । 

उनले ब्रिटनीसँग गुजाराभत्ता र वकिलको पारिश्रमिक भुक्तानी मागेका छन् ।

इरानी–अमेरिकी अभिनेता मोडल तथा फिटनेस ट्रेनर स्याम असगरीको भेट ब्रिटनी स्पियर्ससँग त्यति बेला भयो जब उनी २०१६ मा आफ्नो गीत स्लम्बर पार्टीका लागि भिडियो सुट गरिरहेकी थिइन् ।

ब्रिटनी आफ्ना पिता जेमीसँग दुर्व्यवहारपूर्ण संरक्षकत्वका लागि लडिरहेका बेला असगरीले उनलाई साथ दिएका थिए । ब्रिटनीले अदालतमा युद्ध जितिन् पनि, त्यसपछि यी दुईले विवाह गरे ।

अघिल्लो वर्ष क्यालिफोर्नियाको थाउजेन्स ओक्समा ब्रिटनीले आफ्नो घरमा विवाह गरेकी थिइन् । यो विवाह छोटो तर भव्य तरिकाले गरिएको थियो । यसमा पेरिस हिल्टन, मडोना र ड्रू बेरिमोरसहित थुप्रै चर्चित हस्ती समावेश थिए । 

यी दुईलाई हालै सार्वजनिक रूपमा आफ्नो विवाहको औँठीबिना देखिएको थियो । 

यो जोडीले यस्तो बेला सम्बन्ध तोडिरहेका छन् जब ब्रिटनीले यस वर्ष अक्टोरमा आफ्नो आत्मकथा – द वुमन इन मी लिएर आउँदैछिन् । 

सन् २००४ मा उनले आफ्नो बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग लास वेगासमा विवाह गरेकी थिइन् । यो विवाह ५५ घण्टा चल्यो ।

britney spears1अलेक्जेन्डर जनवरी २०२१ मा वासिङ्टनमा संसद्‌ भवनमा ट्रम्प समर्थकको दंगामा समावेश भएका थिए । 

ब्रिटनी र स्याम असगरीको विवाह भइरहेका बेला अलेक्जेन्डर त्यहाँ पुगेर तमाशा गरेका थिए ।

अलेक्जेन्डरमाथि कुटपिटको आरोप थियो र अदालतले उनलाई ब्रिटनीबाट टाढै रहन आदेश दिएको थियो । 

ब्रिटनी स्पियर्सले दोस्रो विवाह र्‌यापर केविन फेडरलाइनसँग गरेकी थिइन् जुन सन् २००४ देखि २००७ सम्म चल्यो । फेडरलाइन र ब्रिटनीका दुई सन्तान हुन् – जेडन जेम्स र सिन प्रेस्टन जसको कस्टडी फेडरलाइनसँग छ । 

हालै ब्रिटनीले आफ्नो शरीरको दाहिने हिस्साको नर्भ ‘ड्यामेज’ भएको जानकारी दिएकी थिइन् । उनले इन्स्टाग्राममा लामो पोस्ट सेयर गर्दै लेखेकी थिइन्, ‘मेरो शरीरको दायाँ हिस्साको नर्भ ड्यामेज भएको छ । यसको कुनै उपचार छैन । भगवान भरोसा । तपाईंको दिमागसम्म अक्सिजन नपुग्दा यो रोग लाग्छ । नर्भ ड्यामेजका कारण तपाईंको शरीरको भाग शून्य हुन्छ ।’ 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप