माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य, केही नेताहरुको जिम्मेवारी हेरफेर
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई थप गरिएको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन् ।
यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।
यस्तै केन्द्रीय केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिम्मेवारीमा हेरफेर समेत गरिएको छ । जसअनुसार गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संघको समेत संयोजन सचिव दिनानाथ शर्माले गर्नेगरी फ्रायाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई जिम्मेवारी दिइएको छ । यसैगरी स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।
यस्तै केन्द्रीय सदस्य तारा घर्ती मगर र केन्द्रीय सदस्य अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य शिव बहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशी (प्रदेश नं १) मा, केन्द्रीय सदस्य करुणा बस्नेतलाई कोशीबाट सम्पर्क समन्वय प्रदेशमा, वैकल्पिक केन्द्रीय सदस्य पदम राज जोशीलाई सुदुरपश्चिम प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा र वैकल्पिक केन्द्रीय सदस्य पुष्प न्यौपानेलाई सुदुरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको पार्टी कार्यालय स्रोतले जनाएको छ ।
माओवादीले यससम्बन्धी जानकारी गराउँदै मातहतका कमिटीलाई सर्कुलर समेत पठाइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण