पत्रकार पन्थीको पुस्तकमाथि बुटवलमा पाठकसँग छलफल
बुटवल । पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ’अ’राजनीति‘ पुस्तक माथि पाठक परिचर्चा गरिएको छ । केही साता अगाडी बजारमा आएको पुस्तक माथि शनिवार बुटवलमा गरिएको पाठक परिचर्चामा यस क्षेत्रका लेखक तथा साहित्यकारहरूले पुस्तकका बारेमा छलफल गरेका हुन् ।
उनीहरूले पुस्तकले नेपालको राजनीतिमा सत्ताका लागि भएका खेलहरूको अनेक अन्तर कथाहरू तथ्यगत रूपमा समेटिएको भन्दै पुस्तकका विभिन्न पक्ष माथि विचार विमर्श गरेका थिए । उनीहरूले मुख्य दलका शीर्ष नेताहरू सत्ता र शक्ति प्राप्तिका लागि राजनीतिक मूल्य–मान्यता, इमानदारिता भन्दा बाहिर कसरी चलखेल गर्दै कस्ता कस्ता कदम चाल्छन् भन्ने विषय वस्तु समेटिएको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा पुस्तक रहेको बताए ।
सहभागीहरूले पुस्तकका विभिन्न पक्ष माथि टीकाटिप्पणी गर्दै विभिन्न जिज्ञासा तथा सुझावहरू समेत राखेका थिए । पुस्तक राजनीतिमा रुचि राख्नेका लागि उपयोगी दस्तावेजका रूपमा रहेको भन्दै राजनीतिमा हुने खेलहरू पुस्तकमा पढ्न पाइने उनीहरूको भनाई थियो बताए ।
पुस्तक माथि टिप्पणी गर्दै लेखक तथा पत्रकार डीआर घिमिरेले पुस्तकको केन्द्र भागमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राखेर सत्ता र शक्तिका लागि भएका खेलहरू गहन र तथ्यगत रूपमा पुस्तकमा समेटिएको बताए । त्यस्तै लेखक तथा साहित्यकारहरू रामचन्द्र श्रेष्ठ, शङ्कर गाह, मनिकर कार्की, माधवकुमार पौडेल, टोप अस्लामी, विमल गिरीलगायतले पुस्तकमा समेटिएका विभिन्न पक्ष माथि धारणा राखेका थिए ।
कार्यक्रममा पुस्तकका लेखक पत्रकार नेत्र पन्थीले संविधान जारी पछि राजनीतिक नेताहरू जनताको चाहना अनुरूप देश विकासमा केन्द्रित हुन्छन् भन्ने जन अपेक्षा भएपनि सो अनुरूप नभएको तथ्यहरू पुस्तकमा समेटिएको बताए । पुस्तकमा पार्टीहरूका आन्तरिक झगडा, सत्ता मोह, सत्ता प्राप्ति पछिका परिवार मोहका तथ्यहरू पुस्तकमा समेटिएको उनले बताए ।
शीर्ष नेतृत्वबाट शक्ति र सत्ताका लागि हुने विभिन्न दाउपेच तथा धोकै–धोकाका तथ्यहरू समेटिएको पुस्तकको प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले रहेको छ । पन्थीका यसअघि डिभोर्स, माओवादीभित्र अन्तरसंघर्ष र युद्धमा प्रेम र यौनलगायतका पुस्तक प्रकाशित छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण