आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

आइतबार, २१ असार २०८३, २० : ५१
आइतबार, २१ असार २०८३

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर सीमास्तम्भमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।

नेपाल र चाइना को सिमाना छुटाउने उक्त पिलर दार्चुला जिल्लाको तिंकर भन्ज्याङमा छ ।यात्रामा राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ता अजय सोडारी, सुनिल सिंह, प्रकाश बम तथा सीमा विषयमा आधारित चलचित्रका निर्माता एवं अभिनेता नवल खड्का सहभागी रहेका छन्।

अभियानका अनुसार, “देशभन्दा माथि केही हुँदैन । छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन। हामी नवयुवाहरू राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षाका लागि द‌ृढतापूर्वक उभिन्छौँ ।” भन्ने सन्देशका साथ कालापानी,लिपुलेक यात्रा तय  गरिएको हो।

टोलीले नेपालको भूमि, राष्ट्रियता र सीमाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यात्रा जारी राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप