फिफा विश्वकप २०२६
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
सोमबार, २२ असार २०८३, ०७ : ३८
मेक्सिको सिटी । जुड बेलिङहमको दुई गोलले मद्दतले निकै रोमाञ्चक बनेको पहिलो हाफमा इंग्ल्याण्डले फिफा विश्वकपको सह आयोजक मेक्सिकोविद्ध २-१ गोलको अग्रता बनाएको छ ।
मेक्सिको सिटीमा भएको अन्तिम १६ को भिडन्तमा खेलको ३६ औँ मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । काउन्टर अट्याकमा बुकायो साकाको पासमा डाइभिङ हेडरमार्फत गोल गर्दै बेलिङहमले थ्री लायन्सलाई अग्रता दिलाए ।
लगत्तै ३८ औँ मिनेटमा ह्यारी केनको पासमा बेलिङहमले नै टोलीको अग्रता दोब्बर बनाए । तर, टोलीको अग्रता लामो समय भने टिक्न सकेन ।
जुलियन कुइनोनेसले ४२ औँ मिनेटमा बराबरी गोल फर्काए । मेक्सिकोका लागि राहुल हिमनेजले पनि गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण