नाचगान हेर्न प्रचण्डको ५ घण्टा !
काठमाडौँ । शनिवार इन्ट्रा फाउन्डेसन अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सुरुदेखि नै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।
प्रधानमन्त्री प्रचण्डले बेलुकी ५ बजेदेखि १० बजेसम्म कार्यक्रमलाई समय दिएका थिए । उनको उपस्थितिले प्रतियोगीलाई हौसला प्रदान गरेको आयोजक पक्षले जनाएको छ । कार्यक्रमले संसारभर छरिएका नेपाली भाषीहरुको एकता र सहकार्यको सन्देश दिएको समेत आयोजक पक्षले जनाएको छ ।

इन्ट्रा फाउन्डेसन भुटानबाट लखेटिएर अमेरिकामा आप्रवासमा रहेका नेपाली भाषीहरुले गठन गरेको संस्था हो। यसको अध्यक्ष डिल्ली अधिकारी रहेका छन् । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभामुख देवराज घिमिरे, उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद तथा भारत सिक्किम सरकारका कृषि तथा वनमन्त्रीको सहभागिता रहेको थियो।
मेरो भ्वाइस युनिभर्सको विजेता सिक्किमका प्रितम राई भएका छन भने मेरो डान्स युनिभर्सको विजेता थाइल्यान्डकी खुशी कार्की भएकी छन्।
_Er7wIldc2N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण