राष्ट्र बैंकले आज ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्दै
सोमबार, ०४ भदौ २०८०, ११ : ००
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ ५ गते मंगलबार नवीकरण गर्ने ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको आज बोलकबाल गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गते दिउँसो ३ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण