स्वास्थ्यका कारण केपीजी नआएपछि बैठक सर्यो : प्रचण्ड
मङ्गलबार, ०५ भदौ २०८०, १५ : ५२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण उपस्थित नभएकाले मंगलबार तय भएको शीर्ष नेताको बैठक बस्न नसकेको बताएका छन् । सिंहदरबारबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सहमति जुट्न नसकेको भन्ने भनाइ सत्य नभएको बताए ।
‘सहमति नभएको भन्दा पनि आजपनि केपीजीको स्वास्थ्य स्थिति राम्रो भएन भनेर उहाँ आउनुभएन । त्यसकारण बैठक भोलिलाई सर्यो’, प्रचण्डको भनाइ छ । तस्करीको सुन छानबिन गर्न एमालेको माग अनुसार उच्चस्तरीय आयोग गठनका लागि कार्यदलले तयार पारेको कार्ययोजनामा शीर्ष नेताले हस्ताक्षर गर्न बैठक बोलाइएको थियो । तर समयअभावका कारण बैठकका लागि नेताहरु सिंहदरबार पुगेपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण