सत्ताको भाग खोजेर एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र देखायो : नैनसिंह महर
जनकपुर । नेपाली कांग्रेस केन्द्रीयका सदस्य नैनसिंह महरले नेकपा एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको बताएका छन् । नेपाली कांग्रेस धनुषाद्वारा जनकपुरमा आयोजित एक कार्यक्रममा उनले सत्तामा हुँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए ।
'एमालेले संसद्मा अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । एमालेको अवरोधका कारण संसद्मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन,' महरले भने, 'संसद् जनमतको कदर गर्ने थलो हो। कुनै असन्तुष्टि भए संसद्मा मज्जाले मत राखेर जनतासामु पुर्याउन सकिन्छ। सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो। एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो ।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ।
'म ओली जीलाई प्रश्न गर्न चाहन्छु लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो ? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र ?,' महरको प्रश्न छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेकोप्रति महरले आपत्ति जनाए । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएर बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत नगरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण