दुबईमा ‘गोर्खा साँझ’ हुँदै, पल शाह लगायतका कलाकार सहभागी हुने
बुधबार, ०६ भदौ २०८०, १८ : १४
१
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘गोेर्खा साँझ’ नामक वृहद सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि आगामी अक्टोबर ८ मा कार्यक्रम गर्न लागिएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।
उनका अनुसार बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके–७ हलमा दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिके, सुरेश लामा, सुप्रिम मल्ललगायतका कलाकारको सहभागिता रहनेछ ।
सपोर्टेड बाई गैरआवासीय नेपाली संघ यूएई रहेको कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै मल्लले कार्यक्रमको प्रमुख अतिथि स्थानीय उद्यमी डा बु अब्दुल्लाह रहने तय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण