मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा ‘गोर्खा साँझ’ हुँदै, पल शाह लगायतका कलाकार सहभागी हुने

बुधबार, ०६ भदौ २०८०, १८ : १४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘गोेर्खा साँझ’ नामक वृहद सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि आगामी अक्टोबर ८ मा कार्यक्रम गर्न लागिएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए । 

उनका अनुसार बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके–७ हलमा दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिके, सुरेश लामा, सुप्रिम मल्ललगायतका कलाकारको सहभागिता रहनेछ । 

सपोर्टेड बाई गैरआवासीय नेपाली संघ यूएई रहेको कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै मल्लले कार्यक्रमको प्रमुख अतिथि स्थानीय उद्यमी डा बु अब्दुल्लाह रहने तय भएको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप