अहिलेजस्तो सङ्कट नेपालमा कहिले पनि थिएन : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले संसद् पुनर्स्थापना गराउनु माओवादीको ठुलो जित भएको बताएका छन् । माओवादी केन्द्र आफ्नो योजना, सिद्धान्त र विचारमा प्रस्ट भएको कारण नै यो सब सम्भव भएको सापकोटाले बताएका हुन् ।
प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको जस्तो सङ्कट नेपालमा कहिले पनि नभएको बताए । ‘कुन बेला के हुन्छ भन्ने ठेगान नै छैन । संसारमा नभएको टक्कर नेपालमै भइरहेको छ,’ सापकोटाले भने ।
यसबाट बचाउनका लागि माओवादीले नै अगुवाइ गर्नु पर्ने र त्यसका लागि एकताबद्ध हुनु पर्ने कुरामा उनको जोड थियो । उनले पार्टीलाई विधि र सिद्धान्तको आधारमा अगाडि बढाउनु पर्ने जिकिर गरे ।
‘पलपल समाज परिवर्तन भइरहेको छ । हामी पनि समयअनुसार अगाडि बढ्नु पर्छ,’ सापकोटाले भने, ‘बिचार, नीति, योजनामा बहस गर्नु आवश्यक छ । तीन महिनाका लागि संगठनमा अर्जुनदृष्टि लगाउनु पर्नेछ । यो तीन महिने अभियान यस्तो ऐतिहासिक मोडमा पुगेको छ । यदि यो अभियान सफल भएन भने पार्टी मात्र समाप्त हुँदैन देश पनि समाप्त हुन्छ ।’
तीन महिने अभियान सफल बनाउन सबैका लागो चुनौती भएको तर यो सफल हुने आशा व्यक्त गरे । उनले सबैको परीक्षा सुरु भएको बताउँदै यसमा सबैजना पास हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण