आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्रीले गरे ग्लोबल डेरीको अवलोकन

शनिबार, ०९ भदौ २०८०, २१ : १९
शनिबार, ०९ भदौ २०८०

कपिलवस्तु  ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित ग्लोबल डेरी प्रालिको अवलोकन गरेको छ । शनिवार सो टोलीले डेरीको अवलोकन गरेको हो । 

अवलोकन गर्ने क्रममा सो टिमले उद्योगका  सञ्चालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरूलाई धन्यवाद सहित प्रशंसा गरेको थियो ।

मुख्यमन्त्रीसहितको टोलीले उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो ।

डेरी उद्योगका सञ्चालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार लिटर दूध खपत गरी उपभोक्ता माझ पुर्‍याइरहेको छ ।

२० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको सो उद्योगमा दैनिक २०० जनाले  रोजगारी पाइरहेका छन् । सो डेरीले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ९ जिल्लाबाट दूध सङ्कलन गरिरहेको न्यौपानेले बताए । 

अवलोकन टोलीमा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभूमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभूमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्ष समेत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप