टारो ब्राण्डको प्री–दसैँ तिहार अफर सुरु, बाइक तथा स्कुटरको खरिदमा ६० हजारसम्म नगद छुट
काठमाडौँ । इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक वितरक ओम मोटोकर्प प्रा.लि.ले आइतबारदेखि लागू हुने गरी प्री–दसैँ तिहार तथा छठ अफर सार्वजनिक गरेको छ । टारो ब्राण्डका हाल नेपाल बाइकमा तीन भेरियन्टका मोटरसाइकल र २ भेरियन्टमा स्कुटर उपलब्ध गराएको छ ।
आकर्षक लुक्स र फिचर्समा उपलब्ध यी ब्राण्डका मोटरसाइकल तथा स्कुटर प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् । गत साल कोभिडको दौरान नेपाल भित्रिएको यस ब्राण्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यस सेग्मेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा दिँदै आएको छ ।
यसै अनुरूप कम्पनीले आउँदै गरेको चाडको अवसरमा आफ्ना मोटरसाइकल तथा स्कुटरमा भदौ १० गतेदेखि लागू हुने गरी ‘रिभ्यू अप योर्स सेभिङ्ग वीथ टारो’ अफर सञ्चालनमा ल्याएको छ । जसमा ग्राहकहरूले २० हजारदेखि ६० हजार रुपैयाँसम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन् ।
साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ बाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरूले ५ प्रतिशतको ब्याजदरमै १८ महिने किस्ताको सुविधाको साथमा आफूलाई मन परेको टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले बताएको छ । फाइनान्सिङ अफरलाई सरल र सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागी तपाईंको बजारसँग सम्झौता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण