अस्ट्रेलियामा भरतमणिको पारस अवतार
काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन २’ का विजेता भरतमणि पौडेलले अस्ट्रेलियामा पनि पूर्व युवराज पारस शाहको गेटअपमा दर्शक हँसाएका छन् । ‘अब हाँस्छ अस्ट्रेलिया टुर’ सिजन वानको क्रममा अस्ट्रेलिया पुगेका भरतमणिले त्यहाँ आयोजित आधा दर्जन कार्यक्रममा पारस शाहको गेटअपको अलावा विभिन्न क्यारिकेचर मार्फत आफ्नो प्रस्तुति दिएका हुन् । उनका हरेक प्रस्तुतिमा दर्शक दीर्घबाट वान्स मोरको हुटिङ अत्यधिक गुन्जिएको थियो ।
अस्ट्रेलियामा आफ्नो पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिमा दर्शकले निकै रुचाएको भरतमणिले बताए । ‘अस्ट्रेलिया टुर सोचेभन्दा धेरै रमाइलो भयो । सबैको साथ, सहयोग र दर्शकको माया अत्यधिक पाए’, भरतमणिले भने ‘जति ठाउँमा कार्यक्रम भयो सबै टिकट सोल्ड आउट भयो ।’ अस्ट्रेलिया कार्यक्रममा आफूले पारस शाहको गेटअपको अलावा समसामाहिक विषयवस्तु र क्यारिकेचर प्रस्तुत गरेको पौडेलले सुनाए ।
_eEjIHFXElc.jpg)
टिकेट संसारका संस्थापक विशाल महत र भरतमणिकै आयोजना रहेको ‘अव हाँस्छ अस्ट्रेलिया टुर’ सिजन वानमा भरतमणिको अलावा सुमन कार्की, विक्की अग्रवाल, कैलाश कार्की लगायत सहभागिता थिए । एडिलेडबाट सुरु भएको टुर डार्विन, ब्रिस्बेन, क्यान्बेरा हुँदै सिड्नी र पर्थमा पुगेर सकिएको थियो ।

कार्यक्रममा भरतमणिको पारस शाहको अवतारको अलावा सुमन कार्कीले क्यारिकेचर, कैलाश कार्कीको रोस्ट र स्ट्याण्डअप कमेडी, बिक्की अग्रवालको युनिक शैलीको प्रस्तुति थियो । विभिन्न ६ स्थानको प्रस्तुतिसँगै ‘अव हाँस्छ अस्ट्रेलिया टुर’सिजन वान सकिएको र अव सिजन टु हुने भरतमणिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण