सुजुकीले थाल्यो जिम्नीको डेलिभरी
काठमाडौँ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ नेपाली बजारमा पनि डेलिभरी दिन थालेको छ ।
जिम्नी नेपालको प्रतिक्षित गाडी मध्ये एक हो। ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत बोकेको गाडी भएको बताइएको छ ।
सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो, जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।
अफ–रोडका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।
कम्पनीले भनेको छ, ‘५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिङ पिरेड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले हामीले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थियौँ । जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिङ पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन्। त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण