शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

मस्तिष्कघातको उपचारमा क्रान्ति : के हो इन्टरभेन्सन रेडियोलोजी पद्धति ?

शनिबार, १६ भदौ २०८०

काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोकको उपचार अब टाउकोको चिरफार नगरी सम्भव छ ।  तर, अप्रेशन गर्नैपर्ने अवस्था सिर्जना भएमा के गर्ने ? यसको अर्को विकल्प पनि रहेको छ, त्यो हो इन्टरभेन्सन रेडियोलोजी पद्धति । यसबाट यन्त्रमार्फत बिना अप्रेशन उपचार सम्भव हुने इन्टरभेन्टिन्स रेडियोलोजिष्टहरू बताउँछन् । 

इन्टरभेन्सन रेडियोलोजी भनेको के हो ? कुन कुन रोगको अप्रेशनको विकल्पमा इन्टरभेन्सन रेडियोलोजी विधिबाट उपचार गर्न सकिन्छ ? शल्यक्रिया तथा इन्टरभेन्सन रेडियोलोजीमध्ये कुन सहज सजिलो हुन्छ ? यसबारे बाँसबारी न्यूरो अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्टिस रेडियोलोजिष्ट डा सौरभ लामिछानेले यस आलेखमा प्रष्ट्याएका छन् । 

के हो इन्टरभेन्सन रेडियोलोजी ?

रेडियोलोजी मेसिनबाट इन्टरभेन्सन गरी चिरफार गरी गर्नुपर्ने वा चिरफार गर्न नसकिएका सर्जरीहरूको वैकल्पिक उपचार पद्धति इन्टरभेन्सन रेडियोलोजी हो । 

शरीरको कुनै पनि भागमा पुगेर उपचार गर्न सम्भव भएकाले यसलाई इन्टरभेन्सन रेडियोलोजी भनिन्छ । यसमा रेडियोलोजी एक्स रे मेसिनको सहायताले उपचार गरिन्छ । 

कुन कुन रोगको उपचार ?

नशासम्बन्धी टाउकोदेखि खुट्टासम्मका अंगमा मुख्य समस्याको उपचार इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट सम्भव हुन्छ । जस्तै दिमागको कुनै नशा बन्द भयो भने खुट्टाको नशा भित्रैबाट तार लगेर दिमागको बन्द भएको स्थानको उपचार गरिन्छ । सो पद्धतिबाट उपचार गर्दा नचिरिकन, नखोलिकन उपचार गर्न सकिन्छ । 

त्यस्तै, मुटुसम्बन्धी कार्डियोलोजी चिकित्सकहरूले पनि यस विधिबाट उपचार गर्छन् । जस्तै फोक्सोको नशामा, मस्तिष्कको नशामा जस्तो रगतको (कल्ट) ढिक्का जम्दा खुट्टाकै नशा हुँदै मस्तिष्कमा उपचार सम्भव हुन्छ । त्यसैगरी, फोक्सो नशामा पुगेर जमेको कल्ट निकाल्न सकिन्छ । 

यस्तै, कलेजोको क्यान्सर भई केमोथेरापी गर्दा पनि इन्टरभेन्सन रेडियोलोजीमार्फत् नशाको माध्यमबाट क्यान्सर बनाउने तत्वलाई कम गर्न यस पद्धतिबाट उपचार गर्न मिल्छ । 

कसैको कलेजो फेल हुँदा, एउटा नशा फुल्दा, बान्ता गर्दा रगत आउँछ । कलेजोबाट रगत आन्द्रातिर आउन सक्छ । त्यसलाई रोक्न वैकल्पिक विधिबाट रगत निकाल्ने वा रोक्ने काम यस विधिबाट गर्न सकिन्छ । 

मिर्गौला, आन्द्रा, दिसाबा, अचानक रगत गइरहेको अवस्थामा नशाको जाँच गरिन्छ । कुनै खराब नशाबाट रगत गईरहेको छ भने त्यस खराब नशालाई बन्द गर्नुपर्छ । जसका लागि खुट्टाको नशा भित्रैबाट गएर जहाँ रगत बग्ने नशा छ, बन्द गरिन्छ । 

यस्तै, मिर्गौलाको नशा पनि दिमागको नशाजस्तो बन्द भयो भने काम गर्न छाड्छ । बन्द भएको नशालाई इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट यन्त्रमार्फत उपचार गरिन्छ । 

371907996_835996288203906_3009927180357268521_n

कसरी थाहा पाउने बिरामीले ?

कुनै बिरामीलाई तीन–चार दिनदेखि दिसामा रगत देखिन सक्छ । एक दिन देखियो भने वास्ता गरिदैँन । लगातार दिसामा रगत देखियो भयो भने अल्ट्रासाउण्ड, एमआरआई र सीटीस्क्यान गर्दा नशाको खराबीले गर्दा रगत आयो वा अन्य कारण रगत बग्यो भन्ने कुरा थाहा हुन्छ । 

नशाकै कारणले रगत बगेको प्रमाणित भएमा नशाकै माध्यमबाट गई न्यूरो इन्टरभेन्सन रेडियोलोजीमार्फत् उपचार गरिन्छ । नशाकै कारण रगत बगेको हो भने न्यूरो इन्टरभेन्सन रेडियोलोजीमार्फत् गरिने उपचार पद्धति अति उपयुक्त हो ।

कहिलेकाहीँ हातको नशा ब्लक भई हात नै चल्नै छाडेर हात कालो हुने, कोसिकाहरू मर्न थाल्यो भने हात चलाउनै सकिदैँन । जस्तै मस्तिष्कको नशामा रगत बन्द हुँदा पनि हात खुट्टा चल्दैन, अन्य कुनै पनि अंगको नशामा बन्द हुन सक्छ ।

सुत्केरी भएपछि निरन्तर रगत जाने क्रम भईरहेमा पाठेघर नै फालिदिनु पर्ने अवस्था आउन सक्छ । यदि एउटा मात्रै बच्चा छ, अझै अर्को सन्तान जन्माउने इच्छा भएको खण्डमा त्यस्तो बेलामा पाठेघर नफालेर अन्तिम उपचारको विधि  अपनाउन सकिन्छ । जस्तै पाठेघरबाट रगत बग्न रोक्नरगत बगिरहेको स्थान पैल्याई त्यहाँ इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट रगत बग्नबाट रोक्न सकिन्छ । 

लाईफ सेभिङ पद्धति 

सामान्य चिरफार पनि नगरी बिरामीलाई तारका माध्यमबाट ज्यान बचाउन इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट उपचार सम्भव भएकाले यसलाई लाईफ सेभिङ पद्धति पनि भनिएको हो । 

यदि कसैको खुट्टा फुलेको छ भनेर काटेर अप्रेशन गरिन्छ । तर यस विधिबाट नशा ब्लक अर्थात् सुनिएर हिँड्न गाह्रो हुनेको उपचार गर्न सकिन्छ ।

इन्टरभेन्सन्न रेडियोलोजीमार्फत उपचार गरिएमा रगतको सप्लाई अर्थात् आवत जावत हुन्छ । तत्काल आधा घण्टादेखि एक घण्टामा हिँड्न सहज  हुन्छ । यसरी ठूलो अप्रेशन नगरी उपचार गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया