आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारत—पाकिस्तान खेलअघि ६२ वटा बिरयानी मगाउने महिलाको खोजी

आइतबार, १७ भदौ २०८०, १४ : ५९
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा शनिबार भारत र पाकिस्तानबीच खेल थियो । टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । भारतले केवल ६६ रनको कुल स्कोरमै आफ्नो चार प्रभावशाली विकेट गुमाएको थियो ।

पाँचौं विकेटका लागि विकेटकिपर ब्याट्सम्यान इशान किसन र हार्दिक पाण्डेयाले उत्कृष्ट साझेदारी गरेका थिए । त्यो खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैथियो । भारतले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६६ रन बनायो । 

त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । अन्ततः खेल रद्द हुन पुग्यो ।

उक्त खेलअघि भारतको बैंगलुरुकी एक महिलाले अनलाइनमार्फत ६२ वटा बिरयानीको अर्डर गरेकी थिइन् । खासमा उनले ‘स्विगी’ मार्फत बिरयानीको अर्डर गरेकी थिइन् । 

त्यसपछि भटाभट भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यानहरु आउट हुन थाले । यता बैंगलुरुमा ‘स्विगी’ का कर्मचारीहरुले बिरयानी मगाउने महिलालाई आफ्नो अर्डर पक्का गर्न सूचना पठायो । तर, त्यसपछि ती महिलाले ‘स्विगी’ को अर्डरलाई पक्का गरिनन् । न त उनले आफ्नो बारेमा थप कुनै विवरण नै उपलब्ध गराइन् । 

‘स्विगी’ का कर्मचारीले ती महिलालाई आफ्नो अर्डर पक्का गर्न र थप जानकारी पठाउन अनुरोध गर्‍यो । ‘स्विगी’ ले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्‍यो, ‘कसैले हामीसँग ६२ वटा बिरयानी मगाएको छ ? खासमा तपाईँ को हो ? वास्तवमा तपाईँ अहिले कहाँ हुनुहुन्छ ? के तपाईँ भारत—पाकिस्तान खेलको पार्टी आयोजना गर्दै हुनुहुन्छ ? के हामी विरयानीको अर्डर लिएर आऔं ?’ 

तर, ती महिलाले कुनै जवाफ फर्काइनन् । ‘स्विगी’ ले आफ्नो आधिकारिक ट्वीटरमार्फत उक्त जानकारी सार्वजनिक भएपछि अहिले यो विषय निकै चर्चामा छ । थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सेयर गरिरहेका छन् । धेरैले यो विषयलाई एसिया कपसँग जोडेर विभिन्न खाले रमाइला कमेन्टहरु पनि गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप