राष्ट्र बैंकले ट्रेजरीमार्फत मंगलबार २० अर्ब आन्तरिक ऋण उठाउने
आइतबार, १७ भदौ २०८०, १७ : ३६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।
बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण