होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते, करेन्ट लागेको दाबी
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मानभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् ।
सजिलामानको अहिले नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुवा पुष्करमान शाक्यका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ । पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् ।
होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् । पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् ।
ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले त्यसबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । उनले भने–‘घाइतेकी पत्नीले करेन्ट फैलिएको दाबी गर्नुभएको छ, हामी चिकित्सकसँग को भएको हो भन्नेबारे समन्वय गर्दै छौँ ।’
घाइतेको अवस्थामा गम्भीर छ । सजिलमान परिवारसँगै सो होटलमा गएका थिए । होटेल सञ्चालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याक’ बनाउन खोजिएको पीडित परिवारले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण