अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालन
ढोरपाटन । भारी वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । वर्षाले गर्दा कोरिडोरको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि झरेको पहिराले शनिबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।
आइतबार दिउँसो बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरेर सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । सडक अवरुद्ध हुँदा कालिगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन ठप्प भएका छन् । सडक सञ्चालनमा आएपछि यातायात आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
दिनदिनै सडक अवरुद्ध भएपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न र यात्रा गर्न समस्या भइरहेको स्थानीयवासीको गुनासो छ । बागलुङ–कुश्मिसेरा सडकबाट झरेको पहिराले कोरिडोर अवरुद्ध भएको थियो । यो पहिराले कोरिडोर र अर्को वैकल्पिक सडकलाई पनि क्षतविक्षत बनाएको छ । वर्षा हुनेबित्तिकै यस खण्ड ठप्प हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण