एमाले लुम्बिनी
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरुद्ध परेको उजुरी खारेज
सोमबार, १८ भदौ २०८०, १७ : ४७
बुटवल । बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ। प्युठानको नौबहिनी गाउँपालिका–६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नरहेकाले उम्मेदवारी खारेज गर्न मागसहित पाल्पाका राजु श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए ।
छानबिन पछि श्रेष्ठको दाबी गलत भएको निष्कर्ष निकाल्दै उजुरी खारेज गरी रिजालको उम्मेदवारी कायम गरिएको निर्वाचन आयोगका सदस्य विष्णु खनालले रातोपाटीलाई बताए । एमालेमा केन्द्रीय सदस्यको सदस्यता विवरण केन्द्रमा रहने व्यवस्था छ ।
रिजालको १७२५ नम्बरको संगठित सदस्यता प्युठानको नौबहिनी गाउँपालिका–६ बाट नवीकरण गरेको पाइएको आयोगले जनाएको छ। अहिले निर्वाचन समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण