शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुशासन, दिगो विकास र समृद्धि सेमिनार हुँदै

मङ्गलबार, १९ भदौ २०८०, ०७ : ३८
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौं । विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।  चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्मेलन सञ्चालन हुन लागेको हो  । एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने बताए ।

समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसपटक आवासीय सेमिनार गर्न लागेको जोशीले बताए । 

यस कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छ ? आम नेपालीहरूको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन् ? समृद्धिका आधारहरू के हुन्भ ? न्ने नै हो, जोशीले भने। 

कार्यक्रममा समृद्धिका निम्ति अहम् राख्ने नव जीवनका महत्त्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तुहरूमा चिन्तन गरिने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन्।

त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सराकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रशासकहरूको पनि कार्यक्रममा सहभागिता रहने जोशीले बताए । शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरूले पनि यसअघिका सेमिनारमा सहभागिता जनाएको उनले बताए ।

उद्यमशीलता र औद्योगिक विकाससँग जोडिएका व्यवसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुने गरेको जोशीले बताए ।

जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए। उनका अनुसार सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई एक लाख राशिको सुशासन पर्वद्धन र प्रसाशन सुधार पुरस्कार समेत प्रदान गरिनेछ ।

पूर्वमुख्य सचिव डा. विमल कोइरालाले दुई दिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे। 'सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबिच आशा जागरुक गर्ने विश्वास लिएका छौं। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ,' उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप