बैंकिङ कसुरमा पक्राउ परेका मिश्र सुटुक्क रिहा
काठमाडौं– बैंकिङ कसुर मुद्दामा पक्राउ परेका प्रकाश मिश्रलाई प्रहरीले मुद्धा चलाउनुको साटो रिहा गरेको छ । बैंकीङ कसुरको जाहेरीपछि महानगरीय अपराध महाशाखाले शुक्रवार मिश्रलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । तर, शनिवार विहानै उनी रिहा भएका छन् ।
मिश्रले किसन राईलाई दिएको १ करोड ३० लाखको चेक बाउन्स भएको छ । पटक–पटक आग्रह गर्दा पनी चेक बापतको पैसा नपाएपछि किसन राई प्रहरी शरणमा पुगेका थिए ।
मिश्रलाई मुद्धा चलाउनुको साटो किन छाडेको भन्ने रातोपाटीको जिज्ञासामा महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले आफूलाई याद नभएको बताए । उनले भने, ‘मलाई याद नै छैन, अफिसमा बुझ्नुपर्छ भोलि आउनुस् सोधेर भनौंला ।’
प्रहरी स्रोतका अनुसार बिदाको दिन पारेर रिहा भएका मिश्रलाई छुटाउन गृह–सचिव मोहनकृष्ण सापकोटाले एसएसपी लोहनीलाई दबाव दिएका थिए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा हिरासत मुक्त भएका प्रकाश मिश्रले आफूले ‘यसबारे केही कुरा गर्न नचाहने’ बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण