पत्रकारिताको प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्छ : अध्यक्ष पोखरेल
मकवानपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकारले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार पत्रकार महासंघ मकवानपुरद्वारा आयोजित फिचर सँगालो पुस्तक विमोचन गर्दै अध्यक्ष पोख्रेलले तीनै तहका सरकारले सहकार्य गरेर पत्रकारिता क्षेत्रको विकास तथा प्रवर्द्धनमा सहयोग गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष पोखरेलले वर्तमान समयमा दुःख र पिडाहरू समेटेर समाचार सामग्री निर्माण गर्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘आँसु र पीडाका समाचार लेख्ने दिनको अन्त्य भयो । अब सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्छ । यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमङ्ग दिन्छ । तीन तहको सरकारबाट पत्रकारिताको प्रवर्द्धन, विकास र प्रेरणास्वरुप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा रहनेछ ।’
सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत् आफैँ बलियो हुनुपर्ने उनले बताए । पत्रकारहरूको अवस्थालाई सशक्त बनाउन पत्रकार माहासंघले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याएको अध्यक्ष पोखरेलको भनाई छ ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरले वार्षिक रूपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सँगालो पुस्तकका विमोचन गरिएको थियो । फिचर सँगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सँगालोमा २२ वटा फिचर समाचारहरू रहेका छन् । सो कार्यक्रममा मकवानपुरको मनहरि गाउँपालिकाले मकवानपुर शाखालाई एक थान प्रोजेक्टर, १०० थान प्रेस ज्याकेट र एक थान प्रिन्टर मेशिन हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण