बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अटो शोमा प्रदर्शन हुँदैछ फ्रेन्च कार ‘सिट्रोन सी–३’

बिहीबार, २१ भदौ २०८०, ११ : ३३
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नाडा अटो शो, २०२३ मा प्रसिद्ध फ्रेन्च कार सिट्रोन सी–३ प्रदर्शन हुँने भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सी–३ लाई अटो शो प्रदर्शनीमा उतार्ने भएको हो ।

उसो त सिट्रोन सी–३ करिब ४ महिनाअघि नै बैशाखमा नेपाली बजारमा सार्वजनिक भइसकेको कार हो । सन् २०२२ मा नै यस कारलाई नेपाल भित्र्याउने कम्पनीले तयारी गरे पनि विविध कारणले आउन सकेको थिएन । 

सिट्रोन सी–३ एसयूभीमा १.२ लिटर क्षमताको टर्बो चार्जड् पेट्रोल इन्जिन जडान गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथमा सी–३ मा डुअल क्लच अटोको अप्सन समेत उपलब्ध छ । 

सिट्रोन सी–३ को लम्बाई ३९८० एमएम, चौडाई १८२९ एमएम र उचाई १४७४ एमएम रहेको छ । यसैगरी एसयूभीको ह्वीलबेस २५३९ एमएम तथा १६२ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ ।  

सिट्रोन सी–३ मा रुफरेल, सिल्भर कलरको स्कीड प्लेट, कालो कलरमा बडी क्लाडिङ, भर्टिकल्ली स्प्लीट हेडल्याम्प, स्पोर्टी बम्पर, ड्यूलटोन अलोय ह्वील, क्रोम हाइलाइट सहितको फ्रन्ट ग्रिल जस्ता बिशेषता दिइएको छ । ड्यूल टोन कलर ड्यासबोर्ड, १० इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रमेन्ट क्लष्टर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्सनल स्टेरिङ ह्वील, कनेक्ट कार टेक जस्ता आकर्षक फिचर यसमा उपलब्ध छन् । सो कारमा डबल लेयर हेडल्याम्प पनि दिइएको छ ।

आकर्षक डिजाइन र पावर पिकअपमा उपलब्ध सिट्रोन सी–३ ले विश्व बजारमा प्रसिद्धि कमाइरहेकोमा नेपाली बजारमा समेत यो गाडी निकै लोकप्रिय हुने कम्पनीको दाबी छ । 

दुईवटा मोडलमा उपलब्ध सिट्रोन सी–३ पी लाइभको मूल्य ३४ लाख ४९ हजार तोकिएको छ भने सिट्रोन सी–३ पी फिल भाइब प्याकलाई ३६ लाख ४९ हजार रुपैयाँमा नै उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

यसअघि कम्पनीले सिट्रोनको मिड साइजको प्रिमियम ५ सिटर एसयूभी सी ५ एयरक्रस नेपाली बजारमा बिक्री गर्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप