लुम्बिनी प्रदेश सभामा निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश
बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन पेश भएको छ । बिहीबार बसेको बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले प्रतिवेदन पेश गरेका हुन् ।
यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर राय सुझाव संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको छ ।
अर्को बैठकले विधेयक पास गर्नसक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धी जानकारी गराइएको छ ।
शून्य समयमा सांसदहरु के भने ?
बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न जनासरोकारमा विषय उठाएका छन् ।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्त्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गरे ।
सांसदहरु भूवनेश्वरप्रसाद चौधरीले जनता महँगीको मारमा परको बेला सरकारले कुनै ध्यान नदिएको बताए ।
एमाले सांसद चिन्तामणि पाण्डे, कांग्रेस सांसद विष्णुप्रेम पाठक, एमाले सांसद रामजी घिमिरे, लोसपाका सांसद कन्हैया बानियाँ, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारी, सांसद बाचा कुर्मी, गिरीधारीलाल न्यौपाने, लगायतका सांसदहरुले जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता राख्नुपर्ने माग गरेका छन् ।
उनीहरुले प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासीनता देखाएको समेत बताएका छन्। अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण