आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा शुक्रबार शोक बिदा

बिहीबार, २१ भदौ २०८०, १६ : २३
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । रिजालको बिहीबार उपचारको क्रममा निधन भएको थियो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान राष्ट्रिय सभा गृहमा राखिएको थियो भने । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो । 

शोक-बिदा-सम्बन्धी-सूचना-।-scaled

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप