सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : कोइराला

आइतबार, २४ भदौ २०८०, ११ : १४
आइतबार, २४ भदौ २०८०

रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् । 

 नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा   उनले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौन्मा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए । 

उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएका कारण समस्या भएको बताउन्दै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठुलो समस्यामा पर्ने बताए । 

आफू  वर्षात सकिएलगत्तै देश दौडाहमा जाने भन्दै उनले आम कार्यकर्ताले  कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर सो क्रममा बुझ्ने बताए । 

डा कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप