चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : कोइराला
रामेछाप । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौन्मा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए ।
उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएका कारण समस्या भएको बताउन्दै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठुलो समस्यामा पर्ने बताए ।
आफू वर्षात सकिएलगत्तै देश दौडाहमा जाने भन्दै उनले आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर सो क्रममा बुझ्ने बताए ।
डा कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण