तारा एयरको पोखरा–जोमसोम नियमित उडान सुरु
आइतबार, २४ भदौ २०८०, १५ : ५४
काठमाडौँ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको हो ।
जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ ।
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण