बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तारा एयरको पोखरा–जोमसोम नियमित उडान सुरु

आइतबार, २४ भदौ २०८०, १५ : ५४
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको हो । 

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको कम्पनीले जानकारी दिएको छ । 

तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन हुनेछ । 

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप