‘नाडा अटो शो २०२३’मा केफाईभ लञ्च गर्दै सुन्द्रा
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगामी ६ दिनसम्म चल्ने नाडा अटो–शो २०२३ मा विद्युतीय स्कुटर ब्राण्ड सुन्द्राले आफ्नो उत्पादन सार्वजनिक गर्ने भएको छ । नेपालमा अहिलेसम्म सार्वजनिक नै नभएको सुन्द्राको ‘केफाईभ’ विद्युतीय स्कुटी सार्वजनिक हुने भएको हो ।
यो विद्युतीयमा ग्राफिन ब्याट्री प्रयोग गरिएको छ । यसमा अधिकतम ४ हजार किलोवाट क्षमताको छ । भोलिदेखि नेपाली बजारमा सार्वजनिक हुने यो विद्युतीय स्कुटीको मूल्य १ लाख ८९ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनी विवेक सिंघालले यो मूल्य नाडा अटो शोलाई लक्षित गरेर राखिएको रातोपाटीलाई बताए । यो स्कुटीमा डिजिटल डिस्प्लेको सुविधा छ । यसमा मोटर पावर अधिकतम ४ हजार र न्यूनतम २ हजार किलोवाटको रहेको कम्पनीले बताएको छ ।
यस्तै, यो स्कुटीमा १४० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ भने फूल एलईडी लाईटको सुविधा समेत जडित छ । यो चीन र पूर्वी एसियाली बजारमा प्रख्यात विद्युतीय स्कुटी हो । उत्कृष्ट लुक्स र डिजाइनका कारण यो स्कुटीलाई क्लासिक स्कुटीकारुपमा समेत लिइन्छ ।
अटो शो भोलि २६ गतेदेखि सुरु हुनेछ । कोभिड महामारीका कारणले विगत २ वर्षमा आयोजना हुन नसकेको यो शो यसपटकदेखि सुरु हुँदैछ । शोमा धेरै कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नेछन् भने केही कम्पनीले पुरानै उत्पादनलाई पुनः परिचय दिलाउने प्रयास गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण