पत्थरीको अप्रेसन गर्दा मिर्गौला झिक्नेसहित दुई अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अवैध रुपमा सञ्चालन भइरहेका धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।
धनगढीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको बजार अनुगमन समितिले अनुगमनको क्रममा ती दुवै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएपछि तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो ।
अनुमति विना सञ्चालित स्वस्तिक हस्पिटलले केही साता अघि मात्रै मृगौलाको पत्थरीको अप्रेसनको क्रममा एक बिरामीको मिर्गौला झिकेपछि बिरामीको ज्यान गएको थियो ।
स्थानीय प्रशासनको निर्देशनपछि बुधबारबाट ती अस्पताल बन्द हुने भएका हुन् । निर्देशनको अवज्ञा गरिए बुधबार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
जोशीले रातोपाटीसँग भने, ‘हामीले प्रहरीलाई पनि पत्र लेखिसकेका छौ । भोलि बन्द नगरिए हामी बन्द गर्छौ ।’
१५ शय्याको अस्पताल सञ्चालनको लागि स्थानीय तह र २५ शय्यामाथिको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र एक सय शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत
-
प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पाेरेशन’ प्रमुखबिच भेटवार्ता
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
-
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी