बिरामीको पत्थरीको अप्रेसनमा किड्नी झिक्ने स्वस्तिक अस्पताल अवैध !

धनगढी । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल अवैधानिक रहेको खुलेको छ । अस्पतालले हालसम्म सञ्चालनको अनुमति नलिएको पाइएको हो ।
१ देखि १५ शय्यासम्मको अस्पतालले स्थानीय पालिकाबाट र १५ देखि माथि शय्याको अस्पताल सञ्चालनको लागि प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयबाट सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ । तर सो अस्पतालले निर्देशनालयबाट हालसम्म अनुमति नलिएको पाइएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर जगदीश जोशीका अनुसार सो अस्पतालले २५ शय्याको लागि प्रक्रिया अगाडि बढाएको छ । निर्देशक जोशीले भने, ‘अस्पताल दर्ता प्रक्रियाका लागि फाइल आएको छ । तर केही कागजात अपुग देखिएपछि सञ्चालन अनुमति दिएका छैनौँ ।’
पत्थरीको अप्रेसनको क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको बायाँ किड्नी झिकिएपछि मृत्यु भएको छ ।
दुवै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भाद्र ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थियो । भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो ।
अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो ।
मृतकका आफन्त भने आन्दोलित भएका छन् । डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै आफन्त डाक्टरलाई कारबाहीको मागसहित उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै