बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
खेलकुद

क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा

बुधबार, ३१ वैशाख २०८२, १४ : १०
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरे।
  • उनले फेसबुकमा लामो सोचविचारपछि यस्तो निर्णय लिएको बताए।
  • यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि हो।
  • उनले नेपालका लागि क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोचविचार पछि आफू यस्तो निर्णयमा पुगेको बताए ।

‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् । आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको उनको भनाइ छ ।

उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप