खेलकुद
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
बुधबार, ३१ वैशाख २०८२, १४ : १०
सारांश
- सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरे।
- उनले फेसबुकमा लामो सोचविचारपछि यस्तो निर्णय लिएको बताए।
- यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि हो।
- उनले नेपालका लागि क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोचविचार पछि आफू यस्तो निर्णयमा पुगेको बताए ।
‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् । आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको उनको भनाइ छ ।
उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण