एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत
काठमाडौँ । सांसद सिके राउतले कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । उनले बुधबार प्रतिनिधिसभामा भएको प्रि बजेट छलफलमा बोल्दै कनिका छरेजस्तो सबैतिर बजेट छर्न नहुने बताएका हुन् ।
‘बजेट कनिका छरेजस्तो गएको छ । कुनै पनि क्षेत्रले अपेक्षा पूर्ण बजेट पाउन सक्दैन । कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट बनाऔँ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा फोकस गरौँ कि उद्योग पूर्वाधार या कुनै एउटा क्षेत्रमा मात्र केन्द्रित भएर बजेट छुट्याऔँ अनि कायापल गर्न सकिन्छ । कनिका छरेजस्तो सबै क्षेत्रमा बजेट छर्दा केही पनि गर्न सकिँदैन । सबै क्षेत्रमा बजेट छरिदिन्छौँ र कुनै क्षेत्रमा सफलता प्राप्त गर्दैनौँ ।’
साथै सांसद राउतले बजेट कुन मोडालिटिमा विनियोजन गर्ने पहिला मोडल तय गर्नुपर्ने बताए । यसैगरी बजेट विनियोजन गरेको बजेट पूर्णरुपमा कार्यान्वयन गर्नै पर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण