निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
सारांश
- सांसद राजेन्द्रप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा उठाए।
- उनले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट दिनुपर्ने बताए।
- फास्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत र अन्य आयोजनामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
- उनले प्रत्येक पालिकामा ५ शय्याको अस्पताल बनाउने कुरा कार्यान्वयन नभएको बताए।
काठमाडौँ । सांसद राजेन्द्रप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्किएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले सो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।
साथै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट निर्धारण गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘तराई मधेस फास्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा विशेष ध्यान पुगोस् र समावेश गरियोस्,’ उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भयो तर त्यो त्यतिकै थन्किएर बस्यो । त्यसलाई निर्माण गर्न सके धेरै राम्रो हुन्थ्यो । पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधकल्चो अवस्थामा छन् । त्यसलाई पुरा गर्ने गरी बजेट ल्याइयोस् ।’
५ सय्याका अस्पताल प्रत्येक पालिकामा बनाउने भनिए पनि कार्यान्वयनमा नआएको उनको भनाइ थियो । ‘प्रधानमन्त्री ज्यूले सिंहदरबारबाट रिमोड थिचेर १५ सय्याका अस्पताल प्रत्येक पालिकामा बनाउने भन्नु भएको थियो,’ उनले भने,‘ यस पटक अर्थमन्त्री ज्यूले बजेट ल्याउनु होला भन्ने लाग्छ त्यतातिर ध्यान दिनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण