शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे

बुधबार, ३१ वैशाख २०८२, १४ : ०७
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • सांसद राजेन्द्रप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा उठाए।
  • उनले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट दिनुपर्ने बताए।
  • फास्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत र अन्य आयोजनामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
  • उनले प्रत्येक पालिकामा ५ शय्याको अस्पताल बनाउने कुरा कार्यान्वयन नभएको बताए।

काठमाडौँ । सांसद राजेन्द्रप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्किएको बताएका छन्  । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले सो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए । 

साथै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट निर्धारण गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘तराई मधेस फास्ट ट्र्याक, बुढीगण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा विशेष ध्यान पुगोस् र समावेश गरियोस्,’ उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भयो तर त्यो त्यतिकै थन्किएर बस्यो ।  त्यसलाई निर्माण गर्न सके धेरै राम्रो  हुन्थ्यो । पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधकल्चो अवस्थामा छन् । त्यसलाई पुरा गर्ने गरी बजेट ल्याइयोस् ।’

५ सय्याका अस्पताल प्रत्येक पालिकामा बनाउने भनिए पनि कार्यान्वयनमा नआएको उनको भनाइ थियो ।  ‘प्रधानमन्त्री ज्यूले सिंहदरबारबाट रिमोड थिचेर १५ सय्याका अस्पताल प्रत्येक पालिकामा बनाउने भन्नु भएको थियो,’ उनले भने,‘ यस पटक अर्थमन्त्री ज्यूले बजेट ल्याउनु होला भन्ने लाग्छ त्यतातिर ध्यान दिनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप