विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
सारांश
- एमाले सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताए।
- सांसद गिरीले तीव्र विकासको हुटहुटीलाई सम्बोधन गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको बताए।
- उनले बजेट निर्माणमा ब्रेक थ्रु गर्नुपर्ने र पूँजीगत खर्च बढाउन कार्ययोजना बनाउनुपर्ने सुझाव दिए।
- गिरीले कृषि र उत्पादनशील क्षेत्रमा युवालाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिए।
काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताएका हुन् ।
उनले जनतामा रहेको तीव्र विकासको हुटहुटीलाई सम्बोधन गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको बताए । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहोर्याउने नभई ब्रेक थ्रु गर्न खोजेको सांसद गिरीको भनाइ छ ।
उनले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पूँजीगत खर्च न्युन हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भीर बन्नुपर्ने समेत बताए ।
उनले सरकारलाई पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्य योजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिए ।
लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ सङ्कल्पका साथ सरकार उभिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण