आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्थरीको अप्रेसन गर्दा मिर्गौला झिक्नेसहित दुई अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

मङ्गलबार, २६ भदौ २०८०, २१ : ५६
मङ्गलबार, २६ भदौ २०८०

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अवैध रुपमा सञ्चालन भइरहेका धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

धनगढीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको बजार अनुगमन समितिले अनुगमनको क्रममा ती दुवै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएपछि तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो ।

अनुमति विना सञ्चालित स्वस्तिक हस्पिटलले केही साता अघि मात्रै मृगौलाको पत्थरीको अप्रेसनको क्रममा एक बिरामीको मिर्गौला झिकेपछि बिरामीको ज्यान गएको थियो ।

स्थानीय प्रशासनको निर्देशनपछि बुधबारबाट ती अस्पताल बन्द हुने भएका हुन् । निर्देशनको अवज्ञा गरिए बुधबार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

जोशीले रातोपाटीसँग भने, ‘हामीले प्रहरीलाई पनि पत्र लेखिसकेका छौ । भोलि बन्द नगरिए हामी बन्द गर्छौ ।’ 

१५ शय्याको अस्पताल सञ्चालनको लागि स्थानीय तह र २५ शय्यामाथिको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र एक सय  शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप